पोखरामा वर्कशप र फर्निचरमा आगलागी, २ मजदुर घाइते

काठमाडाैं | फागुन ४, २०७९

पोखरामा वर्कशप र फर्निचरमा आगलागी, २ मजदुर घाइते

पोखरा:  पोखरामा गएराति एक वर्कशप र फर्निचरमा आगलागी भएको छ ।  

 

पोखरा महानगरपालिका वडा नं १० स्थित भारत घर भएका अली हुसेनले सञ्चालन गरेको वर्कशपमा राति एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।  

 

वर्कशपमा आगलागी हुँदा वर्कशपमा भएका मोटरसाइकलमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ । 

 

कास्की प्रहरीका अनुसार गएराति नै पोखरा महानगरपालिका १४ चाउथे स्थित पाल्पा भैरव फर्निचर उद्योगमा आगालागी हुँदा दुईजना घाइते भएका छन् । 

 

आगलागीबाट फर्निचरमा भएका सामान तथा काठसँगै बुलेट बाइक र बोलेरो जिपमा समेत क्षति भएको कास्की प्रहरीले जनाएको छ ।  

 

फर्निचर उद्योगमा भएको आगलागीबाट घाइते भएका राहुल गुरुङ र आशिष खड्काको  गण्डकी अस्पताल र ग्यालेक्सि अस्पतालमा उपचार भईरहेको छ । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्